विमान दुर्घटनामा परी पत्रकार पौडेलको निधन

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार २०:४८

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा हुनुहुन्थ्यो । त्यसकै निम्ति उहाँ बैठकको मिति तय गर्न काठमाडौं आउनु भएको थियो ।

पाैडेल काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा पर्नुभएकाे हाे ।

माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहनुभएका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक हुनुहुन्थ्यो ।

Next Post

पोखरा विमान दुर्घटना अपडेट : ६९ जनाको मृत्यु

१ माघ २०७९, आईतवार २०:४८
काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज आइतबार बिहान दुर्घटना भएको थियो। जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेसलगायत ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको मृत्यु भएको बताइएको छ। बाँकी तीन जनाको उद्दार भइरहेको छ।