विमान दुर्घटनामा परी पत्रकार पौडेलको निधन

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार २०:४८

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा हुनुहुन्थ्यो । त्यसकै निम्ति उहाँ बैठकको मिति तय गर्न काठमाडौं आउनु भएको थियो ।

पाैडेल काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा पर्नुभएकाे हाे ।

माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहनुभएका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक हुनुहुन्थ्यो ।

Next Post

पोखरा विमान दुर्घटना अपडेट : ६९ जनाको मृत्यु

१ माघ २०७९, आईतवार २०:४८
काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज आइतबार बिहान दुर्घटना भएको थियो। जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेसलगायत ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको मृत्यु भएको बताइएको छ। बाँकी तीन जनाको उद्दार भइरहेको छ।

सम्बन्धित समाचार