बसको ठक्करबाट विद्यार्थीको मृत्यु

महेश चाैलागाँई १ पुष २०७९, शुक्रबार ११:१५

बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ ।

आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे । घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए । घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।

Next Post

भारतद्धारा ब्यालेस्टिक मिसाइल परीक्षण

१ पुष २०७९, शुक्रबार ११:१५
भारतले ब्यालेस्टिक मिसाइकल परीक्षण गरेको छ। भारतले पाँच हजार किलोमिटर क्षमताको मिसाइलनको सफल परीक्षण गरेको हो। भारतीय संचार माध्यमले पाँच हजार किलोमिटर क्षमताको मिसाइल परीक्षण भएको खबर सार्वजनिक गरेका हुन्। यो परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही महत्वपूर्ण परीक्षण भएको समाचारमा जनाइएको छ।

सम्बन्धित समाचार