हुम्लाको सिमकोटमा एक महिला मृत अवस्थामा फेला

महेश चाैलागाँई ६ फाल्गुन २०७९, शनिबार १०:५६

जिल्लाको सदरमुकाम सिमकोटमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छन । सिमकोट गाउँपालिका १ दोजाम की अन्दाजी ३० वर्षिय छिरिङ कुडोल लामा सिमकोटकै माथिल्लो बजार स्थित एक घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।

उक्त घटना शुक्रबार राती ११ बजे भएको थियो । उक्त घटना पछि प्रहरी घटनास्थलमा खटिएको छ । प्रहरी नायव उपरीक्षक भट्टराईका अनुसार घटना के कति कारणले भयो त्यसको कारण भने खुलि नसकेको र सो विषयमा अनुसन्धान भई रहेको जानकारी दिए ।

Next Post

जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी

६ फाल्गुन २०७९, शनिबार १०:५६
जुम्लामा खाना पकाउने ग्याँसको सिलिन्डर लिक हुँदा एक घरमा आगलागी भएको छ। चन्दननाथ नगरपालिका –६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानएको छ। प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी हुदा ४ वटा कोठा, गल्ली र भर्याङमा क्षति पुगेको छ। सो […]