जुम्लाकाे कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ मा ट्याक्टरक दुर्घटना परेर एक जनाकाे मृत्युु भएकाे छ ।
मुगुकाे खत्याड गाउँपालिका देखि गोठिज्युला बजार आउदै गरेको ना.७ त ५०८ नम्बरको ट्याक्टरक दुर्घटना हुदा मुगु खत्याड ३स्थाई ठेगना भएका २२ वर्षिया चालक धनराज टमटाको धटना स्थल मै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
ट्याक्टरमा सवार दुई महिला भने सकुशल रहेका छन। चालकको लापरबाहीले ट्याक्टर दुर्घटना भएको प्रहरी निरिक्षक यौवन चौधरीले बताए ।