जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घाेषाणा

हिमशिखर संवाददाता २३ श्रावण २०७९, सोमबार २०:२३

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्यकाे चुनाव लड्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने घाेषाणा गरेका छन ।

कार्यक्रममा बाेल्दै शाहीले आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव आएपनि आफुले जुम्ला नै रोजेको बताएकाछन ।   जुम्लाले आफूलाई हराए पनि कुनै पश्चाताप नरहने बताए ।  कार्यक्रममा पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेता बुद्धिमान तामाङ लगायतको सहभागिता थियो ।

Next Post

केन्या विरुद्ध ५ विकेटले नेपाल विजयी

२३ श्रावण २०७९, सोमबार २०:२३
केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ। केन्याले  दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे। यसअघि जिमखाना […]