केन्या विरुद्ध ५ विकेटले नेपाल विजयी

हिमशिखर संवाददाता ९ भाद्र २०७९, बिहीबार २३:२८

केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ। केन्याले  दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे।

यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

उसका लागि इरफान कार्मीले ३४ रन बनाए भने लुकास ओलुच ३१ रनमा अविजित रहे। नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने २, अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिएका थिए। जितसँगै ५ खेलको श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ।

नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि सोमबार केन्या प्रस्थान गरेको हो ।

यो प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो। पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ । टी–ट्वेन्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ

Next Post

राष्ट्रपतिले आर्मीका पूर्वप्रमुखलाई बोलाएर दिएको भोजबारे गम्भीर छौँ : माधव नेपाल

९ भाद्र २०७९, बिहीबार २३:२८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिबारे प्रश्न उठाएका छन्। बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  राष्ट्रपतिको पछिल्लो गतिविधिले सोच्न बाध्य भएको बताएका हुन्। अध्यक्ष नेपालले भने, ‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन्। राष्ट्रपतिले जुन ढंगले आर्मीका पूर्वप्रमुखहरूलाई बोलाएर राष्ट्रपति निवासमा भोज दिने काम भयो […]

सम्बन्धित समाचार