पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना-१९ विरुद्धको खोपल गाइने

महेश चाैलागाँई २९ मंसिर २०७८, बुधबार २०:११

पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना-१९ विरुद्धको खोपल गाइने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खाेप लगाउने जानकारी दिए।

उनका अनुसार १२ देखि १८ उमेर समूहका सबै बालबालिकाहरूलाई पुस १४ गतेसम्म मोडर्ना खोप लगाउने सरकारको लक्ष्य छ। ‘बालबालिकालाई सहज होस् भनी जिल्लाको उपयुक्त हुने विद्यालयलाई खोप केन्द्र तोकिएको छ,त्यहीँबाट उनीहरूलाई खोप लगाइन्छ,’उनले भने।

सरकारले अमेरिकाबाट ३६ लाख ५१ हजार ६ सय डोज मोडर्ना खोप नेपालमा ल्याइसकेको छ।

Next Post

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा पुर्व मन्त्री विमला के.सी

२९ मंसिर २०७८, बुधबार २०:११
नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश अध्यक्षमा पुर्व मन्त्री विमला केसी निर्विरोध निबाचित  भएकी छन्।  प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न माओवादी केन्द्रको प्रदेश सम्मेलनले अध्यक्षमा केसीलाई निर्विरोध चयन गरेको हो। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएकी केसी २०४६ सालदेखि राजनीतिमा आवद्ध छिन्। मंगलबार मात्रै सम्मेलनले २११ सदस्यीय प्रदेश कमिटी […]