माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा पुर्व मन्त्री विमला के.सी

महेश चाैलागाँई २९ मंसिर २०७८, बुधबार २०:४९

नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश अध्यक्षमा पुर्व मन्त्री विमला केसी निर्विरोध निबाचित  भएकी छन्।  प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न माओवादी केन्द्रको प्रदेश सम्मेलनले अध्यक्षमा केसीलाई निर्विरोध चयन गरेको हो।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएकी केसी २०४६ सालदेखि राजनीतिमा आवद्ध छिन्।

मंगलबार मात्रै सम्मेलनले २११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेपनि अध्यक्ष बहेकका पदाधिकारी हरूकाे टुंगो लागेकाे छैन।

Next Post

रक्षामन्त्री मीनेन्द्र रिजालद्वारा राजीनामा दिने घोषणा

२९ मंसिर २०७८, बुधबार २०:४९
रक्षामन्त्री मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन । मन्त्री रिजालले टुइटमा लेखेका छन नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा […]