रक्षामन्त्री मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन ।
मन्त्री रिजालले टुइटमा लेखेका छन नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि पर्नुभएको छ ।