मुगुमा अज्ञात समुहले लुट्यो सिंगो गाउँ

हिमशिखर संवाददाता १४ जेष्ठ २०८१, सोमबार ११:१२

मुगुमा गाउँले सबै यार्सा टिप्न गएको मौका छोपी लुटेरा समूहले मुगुको एक गाउँ दिउसै लुटेका छन्। मुगु कार्मारोङ्ग गाउँपालिका वडा न १ डोल्फु गाउँमा शनिवार बेलुका ५ बजे हियारधारी समूह आइ घर घरमा तलासी गर्दै सर सामान लगायत बहुमूल्य सामान नगद लुटेर लगेका हुन्।

गाउँले सबै यार्सा टिप्न पाटन गएका बेला गाउँमा बुढा बुढी मात्र रहेको मौका छोपी हतियारधारी समूहले गाउँमा रहेका ५० घरधुरिमा २३ घर लुटेको मुगु कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी बताए। उनका अनुसार गाउँमा रहेका गुम्बाका पुजारी र घर रक्षाका लागि गाउँ मै रहेका कुकुरहरूलाई पनि लुटेर समूहले मरणासन्न हुनेगरि कुटपिट गरेका थिए।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिसङ्गले घटना सत्य भएको र यथार्थ बुझ्न घटना स्थलबाट ५ घण्टा तल रहेको पुलु प्रहरी चौकिबाट प्रहरीको टोली आज हिँडेको र साँझसम्म यथार्थ बाहिर आउने बताए।

विगत वर्षहरूमा पनि जुम्लाका पातारासी, पटमारा लगायत बस्तीहरूबाट हतियारधारी समूह आइ झैँ झगडा गर्ने र यार्सा लुटेर लाने गरेकोले यो घटनामा पनि ती ठाँउका कोही समूह हुन कि अन्य जिल्लाबाट आएको लुटेरा समूह आएर गाउँ नै लुटेको पत्ता लगाइ हदैको कारबाही गर्न जुम्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूसँग समन्वय गरि त्यताबाट पनि नेपाल प्रहरी हिँडिसकेको प्रमुख जिल्ला अधिकारी केसीले बताए।

जिल्ला प्रशासन कार्यालयमा घटना स्थलबाट बडा न १ का वडा अध्यक्ष कार्मा तुन्डुक लामाले घटना बारे जानकारी गराउनु भएको थियो। गाउँ नजिक पाटनहरू रहेकाले गाउँलेहरू कोही बिहानै पाटन पुग्ने राती घर फर्कने र कोही १/२ पाटन मै बस्ने फर्कने गर्दछन्।

बन्दुक, तरबार, चक्कु सहित आएका हतियारधारी समूहले गाउँका घरहरू फोरी त्यहाँ रहेका सुन, चाँदि, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गर गहना, लत्ता कपडा सबै लुटेर लगेका छन्। प्रहरी घटना स्थल तर्फ गई रहेकाले त्यहाँ नपुग्दा सम्म के कति लुटे, कति कुटिए के कति क्षति भयो भन्न नसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

घटना स्थल मुगु जिल्ला सदरमुकाम गमगढिबाट १२ घण्टा र पालिका केन्द्र पुलुबाट ६ घण्टा टाढा पैदल दुरीमा पर्दछ।

Next Post

एकदिन तिम्रो जीवनमा पनि दाग आउँनेछ।

१४ जेष्ठ २०८१, सोमबार ११:१२
एकदिन तिम्रो जीवनमा पनि दाग आउँनेछ। मैले गर्ने दु:ख पनि तिमीलाई भाग आउँनेछ। कसले कामना गर्दैन र यहाँ सुन्दर जिन्दगिको, आफुले नचाहेको मृत्यु  अरुबाट माग आउँनेछ। जसलाई आफ्नो सम्झिएको हुन्छ समाजमा, उसैको हातमा तिमीलाई मार्ने तडाग आउँनेछ। मरण कसको अघि हुन्छ त्यो थाहा हुँदैन साथी, म अघि मरेँ भने खबर […]