मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी

महेश चाैलागाँई ६ आश्विन २०८०, शनिबार ०७:३०

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । गएराती बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएको उनले बताए । डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको डीएसपी थापाले बताए ।जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । तर, क्षतिको पूर्ण विवरण भने आइनसकेको डीएसपी थापाको भनाइ छ ।

Next Post

डाेल्पा प्रशासनमा आइपुग्याे नाका पासकाे नमुना, डाेल्पामै छपाइ गरिने

६ आश्विन २०८०, शनिबार ०७:३०
डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने माेरिम्ला र क्याटाे नाका हुँदै चिनियाँ व्यापारिक क्षेत्रमा प्रवेश गर्नका लागि आवश्यक पासकाे नमुना जिल्ला प्रशासन कार्यालय डाेल्पामा आइपुगेको छ। बिहीबार गृह मन्त्रालयकाे अध्यागमन शाखाबाट पासकाे नमुना आइपुगेको जिल्ला प्रशासन कार्यालय डाेल्पाले जनाएको छ। गृह मन्त्रालयबाट प्राप्त पास छपाइका लागि बिहीबार जिल्लाका सराेकारवालासँग छलफल भएको प्रमुख […]