दुई कराेड ३३ लाख बराबरकाे काेकिनसहित दुई विदेशी नागरिक पक्राउ

हिमशिखर सम्वाददाता काठमाण्डौ ७ बैशाख २०८०, बिहीबार १५:१२

नेपाल प्रहरीको लागुऔषध व्युरोले १ केजी ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। व्युरोले विशेष सूचनाको आधारमा मंगलबार काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार पराशर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा निरितु रहेका छन्।

प्रहरीले रवीन्द्रकुमारको साथबाट सो परिणामको कोकिन बरामद गरेको हो। इथोपियाबाट ल्याएको सो परिणामको कोकिन वान्जालाई दिनको लागि लुकाएर राखेको अवस्थामा रवीन्द्र पक्राउ परेको व्युरोले जनाएको छ।

वान्जा भने ठमेलकै अर्को होटलबाट एक हजार अमेरिकी डलरसहित पक्राउ परेकी हुन्।

उनीहरुबाट बरामद गरिएको कोकिन करिब दुई करोड ३३ लाख बराबरको रहेको प्रहरीको अनुमान छ।

 

Next Post

कर्णाली प्रदेश : खेलकुद विकास विधेयक पेस

७ बैशाख २०८०, बिहीबार १५:१२
कर्णाली प्रदेशसभामा ‘प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक सभामा छलफलका लागि पेस गरिएको छ। कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको बाह्रौँ बैठकमा आज सभामुख नन्दा गुरुङले सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफलका सभासमक्ष प्रस्ताव पेस गर्न समय […]

सम्बन्धित समाचार