गढीमाईमा गोली चल्दा एकको मृत्यु, तीन जना घाइते

हिमशिखर सम्वाददाता काठमाण्डौ २ बैशाख २०८०, शनिबार १८:५३

रौतहटमा गोली चल्दा १ जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन्।

शनिबार रौतहटको गढीमाई नगरपालिका-८ धोबिनियामा गोली चल्दा १ जनाको मृत्यु र अन्य तीन जना घाइते भएका हुन्।

जग्गासम्बन्धी विवाद हुँदा दुई पक्षबीच झडपका क्रममा गोली चलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोली लागेर राजकुमार रायको मृत्यु भएको छ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा गोली चलेको हो।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

 

Next Post

बिजुली प्रयोगको ७५ करोड नतिरेपछि सोना सिमेन्टको लाइन काटियो

२ बैशाख २०८०, शनिबार १८:५३
नेपाल विद्युत् प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली काटिदिएको छ । प्राधिकरणको करिब ७५ करोड बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटेको हो । दाङमा रहेको उद्योगको बक्यौता उच्च भएपछि लाइन काटिएको प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेले जानकारी दिए । ‘७४ करोड ६० लाख बक्यौता तिर्न पटक पटक ताकेता गरेपनि नआएपछि […]