बिजुली प्रयोगको ७५ करोड नतिरेपछि सोना सिमेन्टको लाइन काटियो

हिमशिखर सम्वाददाता काठमाण्डौ २ बैशाख २०८०, शनिबार १९:२३

नेपाल विद्युत् प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली काटिदिएको छ । प्राधिकरणको करिब ७५ करोड बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटेको हो । दाङमा रहेको उद्योगको बक्यौता उच्च भएपछि लाइन काटिएको प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेले जानकारी दिए ।

‘७४ करोड ६० लाख बक्यौता तिर्न पटक पटक ताकेता गरेपनि नआएपछि हामीले लाइन काटेका हौं,’ पाण्डेले भने, ‘पहिला लिएको डेडिकेटेड लाइनबाट तिर्न बाँकी ३२ करोड ९४ लाख तथा सोपछिको ४१ करोड ६६ लाख बक्यौता नतिरेपछि चैत २९ गतेबाट उद्योगको लाइन काटेका हौं ।’

सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले दाङमा रहेको उद्योगबाट सोना र सोनापुर सिमेन्ट उत्पादन गर्दै आएको छ । प्राधिकरणको नेपालगञ्ज शाखाले दाङमा रहेको उद्योगको बिजुली काटेको हो । प्राधिकरणले २०७७ देखिको बक्यौताका तिर्न पटकपटक आग्रह गर्दा पनि उद्योगबाट कुनै सुनुवाइ नभएपछि लाइन काट्नुपरेको जनाएको छ । उद्योगले बिचमा केही तिर्ने गरेपनि विगत ९ महिनादेखि भने कुनै बक्यौता तिर्न नआएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ । ‘अन्य ग्राहकको हकमा २ हजार हुँदा काट्ने गरेका छौं । उहाँहरुले झन्डै ७५ करोड पुगेको देखिन्छ । यसमा पनि तिर्न नआएपछि काटेका हौं,’ उनले भने ।

Next Post

बैतडीको दोगडाकेदारमा युवकको हत्या

२ बैशाख २०८०, शनिबार १९:२३
बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार […]