दीपेन्द्रको विस्फोटक ब्याटिङमा कतारलाई २११ रनको लक्ष्य

हिमशिखर संवाददाता १ बैशाख २०८१, शनिबार १८:२०

एसिसी प्रमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले सात विकेट गुमाएर २१० रन जोडेको हो।

ओमानको अल अमेरात मैदानमा दीपेन्द्र र आसिफ सेखले अर्धशतक बनाए। २१ बल खेलेका दीपेन्द्रले तीन चौका र सात छक्काको मद्दतले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको सबै बलमा उनले छक्का लगाए। यसैगरी, ४१ बल खेलेका आसिफ शेखले ६ चौकाको मद्दतले ५२ रन जोडे।

Next Post

आजदेखि कक्षा १२को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

१ बैशाख २०८१, शनिबार १८:२०
कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ […]