हिमालयन बहुउद्देश्यीय सहकारीकाे सधारण सभा सम्पन्न ।

महेश चाैलागाँई २ मंसिर २०८१, सोमबार १७:२९

हिमालयन बहुउद्देश्यीय सहकारी संस्थाकाे सत्राैँ सधारण सभा  पातारासी गाउँपालीकाकाे लासी बजारमा  सम्पन्न भएको छ । साेमबार एक कार्यक्रमका बिच सहकारीको साधारण सभा सम्पन्न भएको हाे । याे संस्था बि.सं २०६४ सालमा स्थापना भएको संस्थाले जुम्ला बजार र पातारासी गाउँपालिकामा कार्य संचालन गर्दै आईरहेकाे छ । सत्राैँ साधारण सभाकाे कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ काे असार मसान्तसम्मकाे आय व्याय प्रस्तुत हिमालयन बहुउद्देश्यीय सहकारी संसथाका व्यवस्थापक राजेन्द्र बुढाले गरेका थिए । उनका अनुसार नेपालभरी र विदेशको जुनसुकै ठाउ बाट रकम लिन र दिनकाे लागि रेमिटान्स सेवाहरु संचालन गर्दै आईरहको बताए । उनले भने, यस सहकारी संस्थाको आर्थिक वर्ष २०८०।०८१ असार मसान्त सम्म संस्थामा आवद्ध सदस्य तथा विक्तिय कारोवार अनुसार जम्मा सदस्य संख्या १ हजार ८ सय २६ जना रहेका छन् । जस मध्ये महिला १ हजार ३ सय २६ जना  र पुरुष ५०० जना सेयर सदस्य रहेकाे बताए ।

यस्तै बाल सदस्य ६ सय २० जना भने बालिका सदस्य ३ सय २३ र  बालक सदस्य २ सय ९७ जना सहकारीमा बचत कर्ताकाे रूपमा रहेकाे जानकारी दिए । व्यवस्थापक बुढाका अनुसार हिमालयन बहुउद्देश्यीय सहकारी संस्थामा हाल सम्म १  सय ८४ वटा समुह संस्थामा आवद्ध रहेका छन् । उनका अनुसार, जम्मा शेयर पुर्जि ५५ लाख ४९ हजार, निछेप रकम ३ करोड २८ लाख, कोष हिसाब २० लाख ४० हजार, कर्मचारी हितकोष ४ लाख ९७ हजार, मुक्तानी दिनुपर्ने १ लाख २५ हजार र अन्य दायीत्व २४ लाख ६६ हजार गरि दायित्व रकम ४ करोड ७ लाख ५ हजार ३ सय ४ रुपैयाँ रहेकाे बताए ।

यस्तै सहकारीकाे सम्पती तर्फ हाल सम्म ऋण लगानीमा ३ करोड ९८ हजार, सम्मृती नाख १८ हजार, बैंक माैज्जात ४७ लाख ८७ हजार यस्तै पेश्कि लागानी रकम २९ लाख १ हजार जम्मा सम्पती रकम ४ करोड ७ लाख ५ हजार ३ सय ४ रुपैयाँ  सहकारीकाे ऋण लगानी रहेकाे व्यवस्थापक बुढाले बताए ।

उनका अनुसार हाल सम्म सहकारीकाे आम्दानी तर्फ व्याजमा  ३१ लाख ९२ हजार, अन्य आम्दानी ४ लाख ११ हजार गरि जम्मा ३६ लाख ३ हजार ८ सय ४८ रूपैयाँ सहकारीकाे आम्दानी रहेकाे भने खर्च तर्फ सदस्यलाई ब्याज खर्च १५ लाख ०६ हजार, कर्मचारी भर्ना खर्च १४ लाख ८१ हजार र अन्य प्रशाशनिक खर्च ५ लाख ६१ हजार ८ सय ७२ रूपैयाँ गरि ३५ लाख ४८ हजार ८ सय ७२ रूपैयाँ खर्च भएको साधारण सभामा बताएका छन् । यस्तै शुद्ध नाफा ५४ हजार ९ सय ७६ रुपैया रहेको व्यवस्थापक बुढाले बताए ।

यस्तै सहकारीकाे साधारण सभालाई सम्बाेधन गर्दै जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष ऋषिराम पाण्डेले देशमा आर्थीक मन्दि र सहकारी आन्दोलन भई रहेकाे बेलाा पनि यस सहकारीले साधारण सभा गरेकाे प्रति धन्यवाद प्रकट गरेका छन् । उनले भने, सहकारी प्रतिकाे बिश्वास छैन भन्नुकाे पछि नलाग्न अनुराेध गरेका छन् । बचत अरू कसैका लागि नभएर आफ्नाे भावि याेजनाका लागि रहेकाले बचत गर्न अध्यक्ष पाण्डेले अनुरोध गरे । उनका अनुसार जुम्लामा बचत फिर्ता नपाएका सेयर सदस्य र भागेका सहकारी लाई कार्वाही गरि बचत कर्ताकाे सेयर बचत फिर्ता गराउने प्रतिवद्वता जनाएका छन् ।

हिमालयन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मयादत्त आचार्यले अन्य सहकारी भन्दा हिमालयन सहकारी एक भरपर्दो सहकारी भएकाे दाबि गरे । उनले भने जुनसुकै सहकारीमा बचत गर्दा हरेका काेण बाट जानकारी प्राप्त गरे मात्र बचत गर्नु पर्न बताएका छन् । साधारण सभा कार्यक्रममा सहभागीहरूले आगामी दिनमा सहकारीकाे प्रगति हुँदै जावस भनी शुभकामना दिएका छन् ।

Next Post

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत कर्मचारी द्वारा तालाबन्दी

२ मंसिर २०८१, सोमबार १७:२९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका ५८ जना शिक्षक तथा कर्मचारीहरुले आफ्नो स्तरवृद्धि लगायतका मागहरुको सम्बोधन नभएको भन्दै प्रतिष्ठानमा ताला लगाएका छन्। प्रतिष्ठानमा हाल ४०० भन्दा बढी कर्मचारी कार्यरत छन्, जसमध्ये करिब ७५ स्थायी र बाँकी करार तथा ज्यालादारीमा रहेका छन्। स्थायी कर्मचारीहरुको स्तरवृद्धि प्रक्रिया अगाडि नबढेको र न्यायालयबाट निर्णय आए […]

सम्बन्धित समाचार