अफगानस्तानलाई हराउँदै नेपाल यु-१९ विश्वकपकाे सुपर सिक्समा

हिमशिखर सम्वाददाता काठमाण्डौ १२ माघ २०८०, शुक्रबार २०:५४

नेपाल अफगानस्तानलाई हराउँदै यु-१९ विश्वकप क्रिकेटकाे सुपर सिक्समा पुगेकाे छ। समूह चरणकाे अन्तिम खेलमा शुक्रबार अफगानस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेकाे हाे।

बफेलो पार्क इस्ट लन्डनमा अफगानस्तानले दिएकाे १४६ रनकाे लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेटकाे क्षतिमा पूरा गर्‍याे।

नेपालले अफगानस्तानसँग कठिनपूर्ण जित निकाल्याे। अन्तिम ६ रनका लागि ४ ओभर खर्चिनुका साथै २ विकेट गुमाएकाे थियाे।

नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बलकाे सामना गरेका उनले ७ चाैकाकाे मद्दतमा ५८ रन प्रहार गरे।

त्यस्तै दीपक बाेहरालाे २७, अर्जुन कुमालले १० तथा आकाश त्रिपाठीले १६ रन बनाए। अन्य ब्याटरले दाेहाेराे अंक जाेड्न सकेनन्।

अफगानस्तनका फरिदून दाउदजाई ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे अफगानस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनाएकाे थियाे।

अफगानस्तानलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ५ विकेट लिए।

Next Post

रुकुम पश्चिमको त्रिभुवन  जनता माध्यमिक विद्यालय तालाबन्दी

१२ माघ २०८०, शुक्रबार २०:५४
रुकुम पश्चिमको मुसिकोटमा रहेको त्रिभुवन  जनता माध्यमिक विद्यालयका एकैचोटि ६ जना कर्मचारी निस्कासन गरेपछि निस्कासनमा परेका कर्मचारीले  ताला बन्दि गरेकाछन ।उनिहरूले  तत्काल निर्णय सच्याउन अल्टिमेटम दिएका छन । आफुहरूलाई अन्वायपूर्ण रूपमा निस्कासन गरेकाे निर्णय तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनि सिहत माघ १४ गतेबाट  अनिशिचित कालका लागि विद्यालयमा तालावन्दी […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।