दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

हिमशिखर संवाददाता १५ चैत्र २०८०, बिहीबार १८:२७

त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका १७ वर्षका किशाेरलाई प्रहरीको जिम्मा लगाएकाे केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिनुभयो ।

एसईई परीक्षाको पहिलो दिन भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए । पक्राउ पर्ने किशाेर त्रिभुवन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेशपत्रको फोटो पछि टाँसेको देखेर सोधीखोजी गर्दा घटना बाहिरिएकाे हो । मुलुकी अपराध सहिंता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने, दुई वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्था छ ।

Next Post

मुग्लिन नजिकै त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको ज्यान गयो

१५ चैत्र २०८०, बिहीबार १८:२७
चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी  त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ । आज बिहान सवा ७ बजेतिर  बा २ ज ४१९६ नम्बरको ट्याक्सी […]

सम्बन्धित समाचार