किर्डाक नेपाल जुम्लाले संचालन गरेको १ महिने अटो ग्यरेज तालिमको आईतवार समापन गरिएको छ । बेरोजगार भएका युवालाई रोजगारमा जोड्नको लागि राईज टु परियोजनाले संचालन गरेको अटो ग्यारेज तालिम आईतबार एक कार्यक्रमका समापन भएको हो । वल्ड भिजन ईन्टरनेष्नल नेपालको आर्थिक सहयोग, किर्डाक नेपाल जुम्लाको आयोजना र तातोपानी गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको थियो ।
पछिल्लो समय अटो ग्यारेज बाट पनि आम्दानी गरेर जिविकोपार्जन गर्नेको संख्यामा बृद्वि भएको भएको छ । अटो ग्यारेज तालिममा तिलाका ३ जना, तातोपानीका २ जना र चन्दननाथ नगरपालिका १ जना गरि ५ जनालाई प्रतक्ष रोजगारमा जोड्नको लागि तालिम दिइएको किर्डाक नेपाल जुम्लाका दस्ताबेजीकरण अधिकृत ऐन बहादुर कठायतले बताउनुभयो ।
उहाँका अनुसार बेरोजगार बसेका युवाहरूका लागि आफ्नै ठाउँमा केही गरि जीवन निर्वाह गरून भन्ने हेतुले तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, तालिम चैत महिनाको १० गते बाट सुरू भएको अटो ग्यारेज तालिम आज समापन भएको हो ।
कतिपय युवाहरू आफ्नै देशमा भने जस्तो रोजगार नपाएर पराई मुलुकमा पसिना बगाइरहेका छन् । बिरानो मुलुकमा काम पसिना बगाउनु पर्ने कामलाई अन्त्य गरि उद्यम सँग जोड्नको लागि अटो ग्यारेज तालिम उपलब्ध गराइएको बताउनुभयो ।
तालिमले आम्दानीमा बृद्वि गर्नुका साथै जिविकोपार्जनमा सहज हुने अपेक्षा गरेको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतले बताउनुभयो । उहाँका अनुसार तालिम बाट सिकेको सिपलाई व्यावहारमा लागु गरि ब्यावसाहे गर्नु पर्ने बताउनुभयो । जिल्ला संयोजक रावतका अनुसार तालिम बाट लिएको सिपले पक्कै पनि ब्यावसाहे गरि रोजगारी सृजना हुने म आसाबादी छु । कार्यक्रम बाट सिकेको सिपलाई सहि ठाउँमा सदुपयोग गरि आयआर्जनमा जोडिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, बजारको माग अनुसार सिप सिक्नेको संख्यामा कमि रहेको बताउनुभयो ।
यस्तै अटो ग्यारेज तालिममा सहभागी चन्दननाथ नगरपालिका वडा नम्बर ४ का राजेन्द्र शार्कीले तालिम बाट धेरै सीप सिकेको बताउनुभयो । २२ वर्षका राजेन्द्रले भन्नुभयो, पहिले बाईक सम्बन्धि कुनै थाहाँ थिएन । तालिमले गर्दा अहिले बाईकका बारेमा हरेक कुरा थाँहा भएको बताउनुभयो । सानो उमेरनै रोजगारीको सीप सिक्न पाउँदा खुसि लागेको बताउनुभयो । उहाँले भन्नुभयो, कुनै पनि सीप नभएका हामी जस्तो बेरोजगारका लागि किर्डाक नेपाल भगवान स्वरूप प्रकट भएको बताउनुभयो ।
यस्तै तातोपानी गाउँपालिका वडा नम्बर ३ का जंग बहादुर शाहीले पहिले तुलनामा भन्दा अहिले बाईक सम्बन्धी धेरै सिप सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, पहिले कुनै पनि सीप थिएन । अहिले बाईकको ईन्जिन सम्म बनाउने भएको हुदा खुसि लागेको बताउनु भयो ।
यस्तै तालिमका प्रशिक्षक नन्दु शार्कीले १ महिना सम्म आफुमा भएको सीप सिकाउन पाउँदा खुसि लागेको बताउनु भयो । उहाँका अनुसार पहिलेका तुलनामा भन्दा सहभागीहरूले अहिले धेरै सिप सिकेको बताउनुभयो । पहिले कुनै पनि सिप नभएका सहभागि ४५ दिनको अबधिमा हाफ ईन्जीन समेत खोल्न सक्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, सीप सिकि सके पछि आफ्नै जिल्लामा पनि केही गरेर बस्न सकिने बताउनुभयो । आफुमा भएको सीप सहभागिलाई सिकाउने अबसर दिएकोमा किर्डाक नेपाल प्रति आभारी भएको बताउनुभयो ।