जुम्लामा ‘हाईल्याड  क्याफे एण्ड बेकरी’ को उद्घाटन

महेश चाैलागाँई ११ श्रावण २०८२, आईतवार १४:२९

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकामा ‘हाईल्याड  क्याफे एण्ड बेकरी’ नामक नयाँ क्याफे तथा बेकरीको  उद्घाटन एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ। स्थानीय युवा हरिस न्यैपाने ले क्याफे तथा बेकरीको सन्चालन मा ल्याएका हुन ।  यस क्याफेले गुणस्तरीय सेवा र स्वादिलो परिकारमार्फत ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्य लिएको सन्चालक न्यैपाने ले जानकारी दिएका छन  ।

क्याफेको उद्घाटन कार्यक्रममा नागरिक समाज  प्रतिनिधि, विभिन्न संघसंस्था, सञ्चारकर्मी, तथा स्थानिय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीय स्वाद र संस्कृति झल्किने परिकारसहित बेकरी का सम्पूर्ण  सामग्रीहरू यस क्याफेमा पाइनेछ  । उत्पादनलाई प्राथमिकतामा राख्ने र ग्राहक सन्तुष्टिमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दिएका छन ।

कार्यक्रमको अवसरमा क्याफेले विभिन्न परिकारहरूको परिकार चाख्ने व्यवस्था समेत गरेको थियो, जसले सहभागीहरूको उत्साह थप बढाएको थियो।

यस क्याफेले जुम्लामा नयाँ स्वाद र सेवाको अनुभूति दिलाउने मात्र नभई, स्थानिय युवाहरूमाझ स्वरोजगारको उदाहरण पनि प्रस्तुत गरेको छ।

Next Post

नेपाल तरुण दल जुम्लाले नयाँ नेतृत्व चयनमा तीन सदस्यीय समिति चयन

११ श्रावण २०८२, आईतवार १४:२९
नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तर, दलभित्रको आन्तरिक असमझदारी र संभावित द्वन्द्वलाई समाधान गर्न नेपाली काँग्रेस जुम्लाले उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदश्य  कान्तिका सेजुवाल, कर्णाली प्रदेश सभापति ललिजंग शाही, र कर्मचारी […]