नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तर, दलभित्रको आन्तरिक असमझदारी र संभावित द्वन्द्वलाई समाधान गर्न नेपाली काँग्रेस जुम्लाले उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदश्य कान्तिका सेजुवाल, कर्णाली प्रदेश सभापति ललिजंग शाही, र कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्र खड्काको सहभागितामा गठित उक्त समितिले अध्यक्षसहित सम्पूर्ण पदाधिकारी चयन प्रक्रियालाई सफल अवतरण सहित टुंग्याउने तयारी गरिरहेको काँग्रेस जिल्ला सभापति कर्ण बहादुर शाहीले जानकारी दिएका छन् । कनका अबर
तरुण दलको ५ औँ जिल्ला अधिवेशन साउन ९ गते उद्घाटन भएको थियो भने साउन १० गतेदेखि बन्द सत्र सुरु भएको हो । बन्द सत्रमा अध्यक्ष पदका लागि ६ जना, सचिव पदमा ५ जना तथा अन्य पदहरूमा समेत उल्लेख्य संख्यामा उम्मेदवारी परेपछि सहमति हुन नसकेर निर्वाचनको सम्भावना बढेको थियो ।
अहिले सबै उम्मेदवारहरू आ–आफ्नो प्रचारप्रसारमा सक्रिय छन् । यद्यपि, नेपाली काँग्रेस जुम्लाको प्रयास भने सहमतिमै नेतृत्व चयन गरी अधिवेशनलाई शान्तिपूर्ण र सफल रूपमा सम्पन्न गर्नेमा केन्द्रित देखिएको छ ।
दलभित्रको एकता जोगाउँदै युवा नेताहरूलाई जिम्मेवारी दिने उद्देश्यले समितिले निष्पक्ष र समावेशी निर्णय गर्ने विश्वास गरिएको छ । नेपाली कांग्रेस जुम्ला जसरी पनि सहमतिको तयारीमा जुटेको देखिन्छ । कनका खबर





