जुम्लामा पहिलोपटक चिसोमा तातो कर्णाली कविता कन्सर्ट सम्पन्न

महेश चाैलागाँई १ पुष २०८१, सोमबार ०९:२५

कला घर जुम्लाको आयोजना र चन्दननाथ मन्दिर परिसरमा भएको “चिसोमा तातो कर्णाली कविता कन्सर्ट” २०८१ भव्यताका साथ सम्पन्न भएको छ।

जिल्लाको मौलिकता, भाषा, साहित्य, संस्कृति, र कलाको सम्मान र प्रवर्द्धनका लागि पहिलो पटक आयोजना गरिएको यो ऐतिहासिक कार्यक्रम जिल्ला प्रशासन कार्यालय अगाडि र मन्दिरको काखमा सम्पन्न भयो।

कार्यक्रममा जिल्लाका विभिन्न ख्यातिप्राप्त कविहरू धर्मेन्द्र अधिकारी ‘अनुपम’, जमाक कार्की ‘बैरागी बाबू’, लक्ष्मिचन्द्र न्यौपाने ‘आशाकिरण’, जंगबहादुर बुढा ‘विरही साइला’, देवकी खत्री गिरी, महेश रावल, सुमन रोकाय, पुष्कर देवकोटा, विक्रम तिरुवा ‘सलिन’, धनबहादुर शाही ‘डिबी’, शुभाकर विश्वकर्मा ‘अछुत कोपिला’ लगायतका साहित्यकारहरूले आफ्ना उत्कृष्ट कविताहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा वरिष्ठ जेष्ठ साहित्यकार परिमल जुम्लीले कर्णालीको भाषा, साहित्य र संस्कृतिको महत्त्वपूर्ण विश्लेषण प्रस्तुत गर्दै कर्णाली क्षेत्रको सांस्कृतिक धरोहरलाई थप उजागर गरे।

यो कार्यक्रमले जुम्लाको सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थानीय समुदायमा ठूलो आकर्षण पैदा गरेको छ।

Next Post

नेपाल पत्रकार महासंघ जुम्लाकाे पहिलो बैठक सम्पन्न

१ पुष २०८१, सोमबार ०९:२५
नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाकाे नवनिर्वाचित कार्यसमितिकाे पहिलाे बैठक सम्पन्न भएको छ । निर्वाचित भएको २ दिनमै विभिन्न निर्णयहरू गर्दै नेपाल पत्रकार महासंघ जुम्लाकाे नवनिर्वाचित कार्यसमितिकाे पहिलाे बैठक सम्पन्न भएको नेपाल पत्रकार महासंघ जुम्लाका नवनिर्वाचित सचिव प्रकाश उपाध्यायले जानकारी दिए । उनका अनुसार नवनिर्वाचित पदाधिकारीहरूकाे पहिलाे बैठकले विभिन्न विषयका […]