नेपाल पत्रकार महासंघ जुम्लाकाे पहिलो बैठक सम्पन्न

महेश चाैलागाँई ३० मंसिर २०८१, सोमबार १०:४९

नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाकाे नवनिर्वाचित कार्यसमितिकाे पहिलाे बैठक सम्पन्न भएको छ । निर्वाचित भएको २ दिनमै विभिन्न निर्णयहरू गर्दै नेपाल पत्रकार महासंघ जुम्लाकाे नवनिर्वाचित कार्यसमितिकाे पहिलाे बैठक सम्पन्न भएको नेपाल पत्रकार महासंघ जुम्लाका नवनिर्वाचित सचिव प्रकाश उपाध्यायले जानकारी दिए । उनका अनुसार नवनिर्वाचित पदाधिकारीहरूकाे पहिलाे बैठकले विभिन्न विषयका ५ वटा महत्त्वपूर्ण निर्णयहरू गरेकाे बताए ।

उनले भने, पहिलाे बैठक बाट निर्वाचन कमिटिलाई धन्यबाद ज्ञापन, यूनेश परियारलाई पत्रकार महासंघ जिल्ला शाखा जुम्लाकाे सदस्यमा मनाेनित, पत्रकार महासंघकाे भवन रहेकाे जग्गा जिल्ला समन्वय समिति बाट नामसारी गरी पत्रकार महासंघ जिल्ला शाखा जुम्लाको नाममा नामसारी गर्ने जस्ता महत्त्वपूर्ण निर्णय भएका छन् ।

यस्तै पत्रकार महासंघ जिल्ला शाखा जुम्लाको सल्लाहकार समिति गठन र सार्वजानिक सराेकारका विषयमा खबरदारी गर्ने सहितका निर्णय गर्दै पहिलाे बैठक सम्पन्न भएकाे पत्रकार महासंघ जिल्ला शाखा जुम्लाको नवनिर्वाचित पदाधिकारीकाे पहिलाे बैठकले जनाएको छ  ।

Next Post

विनायक एकीकृत क्लब जुम्लाले प्रदेश लिगमा नियम उल्लंघनको आराेप

३० मंसिर २०८१, सोमबार १०:४९
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न कर्णाली प्रदेश लिग फुटबल प्रतियोगिता २०८०/२०८१ मा नियम उल्लंघन भएको भन्दै जुम्लाको विनायक एकीकृत क्लबले कडा आपत्ति जनाएको छ। क्लबका अध्यक्ष नरेन्द्र ब. मल्लले जारी गरेको विज्ञप्तिमा आयोजक कर्णाली प्रदेश फुटबल संघले प्रतियोगिता नियमावलीको उल्लंघन गरेको दाबी गरिएको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजनामा मंसिर […]