जुम्लाको तातोपानी गाउँपालिका -४ गाैतमबाडामा बम भेटिएको छ । स्थानीय लक्ष्मीप्रसाद गौतमको दाउरा राखेकाे स्थानमा सकेट बम भेटिएको हाे ।
दिउँसो ४ बजे स्थानीयले सकेट बम देखेपछि प्रहरी चौकी हाँकुलाई खबर गरेका थिए ।
अहिले बम भेटिएको स्थानमा सुरक्षाका लागि प्रहरी चाैकी हाँकुका प्रहरी सहायक निरीक्षक राजेन्द्र गिरी नेतृत्वको टाेली खटिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जाेशीका अनुसार उक्त ठाउँ शिल गरेर थप सुरक्षा प्रदान गरिएको छ । स्थानीयलाई भने बम भेटिएको स्थान वरपर जान दिइएको छैन । साथै अनुसन्धान गरी डिस्पोज गर्न नेपाली सेनालाई खबर गरिएकाे प्रहरीले जनाएको छ ।