किर्डाक नेपालद्वारा २ हजार स्वअध्ययन सामाग्री र १सय ९९ हाइजिनकिट वितरण

रबि नेपाली ३० असार २०७८, बुधबार ०८:२४

किर्डाक नेपालद्वारा २ हजार बालबालिकालाई स्वअध्यन सामाग्री वितरण गरिएको छ ।
वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किडार्क ) नेपाल जुम्लाको साझेदारीमा संचालित कभर–।। आयोजना अन्तर्गत कोभिड–१९द्वारा प्रभावित बालबालिकाहरुलाई स्वअध्यान सामाग्री वितरण गरिएकाे किर्डाक नेपाल जुम्लाले जनाएकाे छ ।
जुम्लाकाे  चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँ पालिकाका २ हजार बालबालिकाहरुलाइ स्वअध्यान सामाग्री वितरण  गरिएको हो ।

उक्त स्वअध्यान सामाग्री ईन्टरनेटको पहुँचबाट टाढा रहेको स्थानमा  अभिभावकहरुले आफ्ना बालबालिकालाई सजिलै पढाउनसक्ने किर्डाक नेपालले जानकारी दिएकाे छ

यस्तै जुम्ला जिल्लाका ४ स्थानिय तहका स्वास्थ संयाेजक मार्फत १ सय ९९ वटा हाइजिन कीट काेभिट अस्पताल र आइसाेलुसाेन सेन्टरलाई हस्तान्तरण गरिएकाे छ ।
वल्ड भिजनकाे कार्यक्षेत्र तिला, तातोपानी, गुठिचाैर र पातरासी गाउपालिकाका स्वास्थ्य संयाेजक मार्फत हाईजिन कीट हस्तान्तरण गरिएकाे किर्डाक नेपालका प्राेग्राम म्यानेजर भेष बहादुर रावलले जानकारी दिए।

Next Post

किर्डाक नेपालद्वारा झण्डै ३५ लाखकाे राहात वितरण

३० असार २०७८, बुधबार ०८:२४
किर्डाक नेपालद्वारा जुम्ला जिल्लाका १ हजार ६१ जनालाई राहात वितरण गरिएको छ । वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किडार्क ) नेपाल जुम्लाको साझेदारीमा संचालित कभर–।। आयोजना अन्तर्गत जुम्लाकाे चन्दननाथ,पातारासी, गुठीचौर, तातोपानी र तिलाका १ हजार ६१ घरधुरीलाई ३४ लाख ८८ हजार ५ सय […]