बाँकेका प्र.जि.अ कोरोना सङ्क्रमित

हिमशिखर संवाददाता ११ कार्तिक २०७७, मंगलवार २०:१४

बाँके:  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ नेपालगञ्जको भेरी अंचलअस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निवास मै आइसोलेशन बसेकाछन ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफुमा सङ्क्रमण पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेकाछन । बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई पनि सङ्क्रमण देखिएको थियो ।

Next Post

पाटेबाघको आक्रमणबाट बर्दियामा दुई जनाको ज्यान गयो

११ कार्तिक २०७७, मंगलवार २०:१४
बर्दिया: पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए। ज्यान गुमाउनेहरुमा मधुवन नगरपालिका–३ मुक्तकमैया बस्तीका २७वर्षीय दिनेश चौधरी र २६ वर्षीय रमेश थारु रहेका छन् । […]