पराजित भएपनि निरन्तर जनताकाे सेवामा लाग्ने प्रतिवद्वता सहित मतदालाई धन्यवाद दिइन सुर्खेतकी चन्दाले

हिमशिखर संवाददाता ८ जेष्ठ २०७९, आईतवार २०:४३

सुर्खेतकाे लेकवसी नगरपालिका वडा नं ३ मा वडा अध्यक्षमा पराजित भएकी चन्दा बुढाले मतदातालाई धन्यबाद दिएकि छन । बुढा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा चुनावि मैदानमा उत्रेकि थिईन ।

निर्वाचन परिणाम पछि बुढाले आम मतदातालाई जितमा मात्रै हाेईन हारमा पनि रमाउँने प्रण गर्दै निर्वाचनमा हारजित स्वभाविक प्रक्रिया भएकाे बताउदै बुढाले हामी हारभित्र जित देख्ने क्रान्तिकारिहरु हौ हामी कहिल्यै गल्दैनौ,थाक्दैनौ र हार्दैनौ हाम्रो बिचारहरु हामी निरन्तर अघि बढिरहनेछाै,

आसन्न २०७९ बैशाख ३० गतेको स्थानिय निर्बाचनमा जस्ले हामिलाइ अमुल्य मत प्रदानगर्दिनुभयो उहाहरुलाइ उच्च सम्मान गरुम र सुध्रिएर अगाडि बड्नुपर्ने धारणा राखेकिछन ।

संगठन बलियाे हुदाहुदै पनि विविध कारणले पारजय भएपनि अवकाे ५ बर्ष प्रतिपक्षमा बसेर जनताकाे सेवामा अनवरत लाग्ने प्रतिवद्वता जाहेर गर्दछु ।

निर्वाचनकाे समयमा दिनरात नभनि सहयोग गर्नुहुने नेताज्युहरु तथा कार्यकर्ता साथीहरू शिक्षक,बुद्धिजीवी ,क्रमचारि ,ब्यापारी ,पत्रकार र सुरक्षाकर्मी साथिहरु सबैलाई धन्यवाद दिएकिछन ।

समाज परिवर्तनको लागि आफू राजनितिमा आएकाेले संघियता धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि आफ्नाे नाफाकाे जीवन सधै जनताकाे सेवामा तत्पर रहने पनि बुढाले बताईएकि छन ।

आफुप्रति वडा वासिले देखाएकाे अपार मायाकाे लागि धन्यवाद दिदै वडावासीकाे आसालाई निरासहुन नदिने प्रतिवद्वता पनि बुढाले ब्यक्त गरेकिछन ।

विद्यार्थी राजनीतिबाट आएकी बुढा सुर्खेतकाे लेकवेसी नगर पालिका भित्र एक कुसल नेताकाे रूपमा पनि चिनिन्छन।हाल उनी माओवादी केन्द्रकाे भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनकाे जिल्ला सदस्य तथा माओवादी केन्द्रकाे लेकवेसी नगर समिति बरिस्ठ उपाध्यक्ष छन ।

Next Post

बझाङमा यार्सा संकलनको क्रममा एक जनाको मृत्यु

८ जेष्ठ २०७९, आईतवार २०:४३
बझाङमा यार्सा संकलनका क्रममा हिमपहिरोमा परि एक महिलाको मृत्यु भएको छ। मृत्य हुनेमा सुर्मा गाउँपालिका-१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी छन्। बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको हो। उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका […]