लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित

हिमशिखर संवाददाता १३ मंसिर २०८१, शुक्रबार १६:०६

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन्। विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी शुक्रबार प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन।

सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे। ललितपुरमा जन्मनुभएका ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे।

Next Post

जुम्लाका ९ वटा वडा बालविवाह मुक्त घोषणा

१३ मंसिर २०८१, शुक्रबार १६:०६
 जुम्लाका ६० वटा वडामध्ये ९ वडा बालविवाह मुक्त घोषणा भएकाछन् । बाल विवाह विरुद्धको साझ अभियान संजाल जुम्लाले शनिबार जिल्लामा पत्रकार भेटघाट कार्यक्रममा मार्फत याे तथ्यांक सार्वजनिक गरेको हाे। साझ अभियान संजाल जुम्लाका संयाेजक मानदत्त रावतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार सिंजा गाउँपालिकाकाे विगत ४ वर्षको तथ्यांक अनुसार […]

सम्बन्धित समाचार