रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी

हिमशिखर संवाददाता २ असार २०८२, सोमबार २०:५१

उच्च अदालत पाटनले सामाजिक सञ्जालमा न्यायिक आदेशको गलत व्याख्या गरी भ्रम फैलाएको विषयमा रूटिन अफ नेपाल प्रालिका सञ्चालक भिक्टर पौडेलका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको ‘अदालतको अवहेलनासम्बन्धी रिट निवेदन’मा सोमबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले विपक्षीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

विपक्षी कम्पनीले आफ्नो आधिकारिक टिकटक र इन्स्टाग्राम खाताबाट समाचार प्रकाशित गर्दै ‘अब ड्राइभिङ लाइसेन्स, मापसे र अरु सबै ट्राफिक चेकिङको वेला ट्राफिक प्रहरीले चाबी खोस्न नपाउने भनेर प्रचार गरेको रिट निवेदकको जिकिर थियो ।

अदालतको वास्तविक आदेश यस्तो नरहेको भन्दै रिट निवेदनमा ‘कानुनले तोकेको कारबाहीबाहेक ट्राफिक प्रहरीले चाबी खोस्न नपाउने भनिए पनि विशेष अवस्थामा निषेध नगरिएको’ जिकिर गरिएको छ ।

विपक्षी भिक्टर पौडेलले अदालतको आदेशको वास्तविक मर्मलाई तोडमोड गर्दै जनताबिच गलत जानकारी फैलाएको दाबी रिट निवेदनमा गरिएको छ ।

सम्पूर्ण आदेशको सन्दर्भ छुटाएर आफ्नो अनुकूल अर्थ लगाउँदै अदालतले भनेको भन्दा धेरै टाढा जानेगरी प्रचार गरिएकाले अदालतको अवहेलना भएको भन्दै रिट निवेदकले कारबाहीको माग गरेका छन् ।

Next Post

जुम्लाकाे खल्लाचाैरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ४ जना घाइते

२ असार २०८२, सोमबार २०:५१
जुम्लामा ट्याक्टर दुर्घटना हुदा १ जनाकाे मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् । हिजाे साेमबार राती ९ बजे चन्दननाथ नगरपालिकाकाे एयरपोर्ट बाट चन्दननाथ ९ काे तलिउम तर्फ जाँदै गरेकाे लु २ त १११५ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा चन्दननाथ नगरपालिका ७ खल्लाचौरमा ट्याक्टर दुर्घटना हुदा १ जनाकाे मृत्यु […]