सोलुखुम्बुकाे थुलुङमा दुई वटा मोटरेबल पुलकाे काम अलपत्र छाडेर निर्माण कम्पनी सम्पर्कविहीन

हिमशिखर संवाददाता २३ पुष २०७९, शनिबार १२:५९

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा दुईवटा माेटरेबल पुलकाे काम अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएकाे छ । थुलुङकाे दिप्लीघाट र बर्खुघाट पुल निर्माणकाे जिम्मा लिएकाे महादेव खिम्ती हिराचन जेभी कम्पनी सम्पर्कविहीन भएपछि पुलकाे काम अलपत्र भएकाे हाे ।

गाउँपालिकाका अध्यक्ष असिम राईले निर्माण व्यवसायी महासङ्घका अध्यक्षसमेत रहेका रवि सिंहको यस कम्पनीलाई सार्वजनिक रुपमा ध्यानाकर्षण गराउनु भएकाे छ । राईले आयोजना निर्माण भइसक्नुपर्ने अवधि बितिसक्दा समेत काम सुरु नै नगरेको भन्दै सामाजिक सञ्जालमार्फत् सिंहकाे ध्यानाकर्षण गराउनु भएकाे हाे ।

दिप्लीघाट मोटरेबल पुल गएकाे आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरी २०७५ सालमा महादेव खिम्ति हिराचन जेभीले ठेक्का सम्झाैता गरेको थियो । तर सम्झाैताकाे ३३ महिना बितिसक्दा पनि पुलकाे काम शिलान्यासमै सीमित भएकाे छ । सडक विभाग, पुल महाशाखा अन्तर्गत दिप्लीघाट पुल १० करोड ९८ लाख र बर्खुघाट पुल ११ करोड ६० लाख रुपैयाँमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएकाे थियाे ।

Next Post

प्रदेश–१ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेश गर्दै

२३ पुष २०७९, शनिबार १२:५९
नेकपा (एमाले) प्रदेश–१ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। कार्कीले आज दिउँसोसम्म दावी पेश गर्ने तयारी गरेका छन्। काठमाडौंमा शिर्ष नेताहरुको छफफल भइरहेको र निर्णय आएपछि मात्रै दावी लिएर प्रदेश प्रमुमसमक्ष जाने एमालेले बताएको छ। मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्तावेज तयार भइसकेको […]