राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

हिमशिखर संवाददाता २७ असार २०८१, बिहीबार १७:३७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए।

‘पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। नेपालका जनता मारेर राजनीतिक गर्नुपर्छ भन्ने जुन उहाँको पृष्ठभूमि छ, त्यसको कारणले पनि भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौँ’, उनले भने।

राप्रपाले कांग्रेस-एमालेको नयाँ गठबन्धनमा सहभागी हुने बारेमा भने पछि निर्णय गर्ने भएको शाहीले बताए।

यस्तै, उनले मुलुकका युवाहरुलाई विदेश जान बाध्य पार्ने, देशको भौतिक संरचना ध्वस्त पार्ने र मुलुकलाई विश्वको सबैभन्दा गरिब देशमा पर्नेगरी अहिलेको प्रधानमन्त्रीको नेतृत्व भएको भन्दै प्रधानमन्त्री कुनै पनि हिसाबले राजनीतिज्ञ नै नभएको बताए।

‘प्रधानमन्त्रीको अराजकताले लामो समयदेखि देशलाई यो अवस्थामा पुर्यायो। मुलुकका युवाहरुलाई विदेश जान बाध्य पार्ने र देशको भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको सबैभन्दा गरिब देशमा पर्नेगरी यसको मुख्य नेतृत्व नै अहिलेको प्रधानमन्त्रीले गरेको र प्रधानमन्त्री कुनैपनि हिसाबले राजनीतिज्ञ नै होइनन्’, प्रवक्ता शाहीले भने।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्।

Next Post

नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रु बस बगे, थप अर्को यात्रुबसमा ढुंगा लाग्दा चालकको निधन

२७ असार २०८१, बिहीबार १७:३७
नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए […]