कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने

हिमशिखर संवाददाता ४ माघ २०७९, बुधबार १२:२८

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान बसेकाे कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो।

प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार कांग्रेसले अन्य दलहरुसँग छलफल गर्ने र उम्मेदवारीबारे टुंगो लगाउने छ।

यता, सत्ता गठबन्धनकाे तर्फबाट नेकपा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ।

बिहीबार हुने सभामुखको निर्वाचनका लागि बुधबार दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयनकाे समय ताेकिएकाे छ।

Next Post

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

४ माघ २०७९, बुधबार १२:२८
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियुक्त भएका छन्। राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार