एकद्धावार संकट ब्यावस्थापन समिती सँग सरोकारवालाहरुको अभिमुखीकरण तालिम सम्पन्न

महेश चाैलागाँई १ पुष २०७८, बिहीबार १९:२४

एकद्धावार संकट ब्यावस्थापन समिती ओसी, एम,सी सँग सम्बनधीत सरोकारवालाहरुको एक दिने जिल्ला स्तरीय अभिमुखीकरण तालीम सम्पन्न भएको छ ।

एक दिने अभिमुखीकरण तालीममा कर्णाली स्वास्थ्था बिज्ञान प्रतिष्ठान जुम्लामा रहेको एकद्धवार संकट ब्यावस्थापन समीतीले गरेका काम बारेमा प्रस्ट पारीएको छ ।

यूनिसेफ नेपालको आर्थिक सहयोग, कर्णाली स्वास्थ्या बिज्ञान प्रतिष्ठान जुम्लाको सहकार्य र किडार्क नेपालको आयोजनामा अभिमुखीकरण तालीम सम्पन्न भएको हो ।
कार्यक्रममा महिला हिंसा न्यूनिकरणका लागि जुम्लाका सरोकारवालाले मुख्य भूमिका खेल्नु पर्ने कार्यक्रमका प्रशिक्षक अधिवत अनिता तिमिल्सीनाले बताइन ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चाैलागाँईले  आगामी दिनमा यस्ता खालका कार्यक्रम गर्दा जुम्लामा रहेका सबै पालीका लाई पनि समाबेश गर्न सुझाव दिए ।

यस्तै कार्यक्रका प्रशिक्षक कर्णाली स्वास्थया बिज्ञान प्रतिष्ठान जुम्लाका डाः अर्बिन शाक्याले नेपाल सरकारले लैंगीक हिंसाको समस्यालाई सम्बोधन गर्न ल्याईएको लैंगीक हिंसा बिरुद्ध राष्टिय कार्य योजना २०१० ले गरेको ब्यावस्था अनुसार अस्पतालमा आधारीत एकद्धावार संकट ब्यावस्थापन केन्द्रको स्थापना र संचालन गर्न निर्देशन दिएको बताए ।

डाः शाक्याका अनुसार एकद्धावार संकट ब्यावसथापन केन्द्र बाट हिंसामा रहेका महिलाको लागी पुर्ण रुपमा निशुल्क सेवा गराउने ब्यावस्था रहेको जानकारी गराए ।
सशस्त्र द्धन्द्ध तथा प्राकृतीक बिपदका कारण हिंसामा परेका र पर्न सक्ने महिला वा बालबालीकाको लागी एकद्धावार संकट ब्यावस्थापन केन्द्रले सेवा प्रधान गर्ने बताए ।

Next Post

नेपाल बैंकले गर्याे जुम्लामा वित्तिय साक्षरता कार्यक्रम

१ पुष २०७८, बिहीबार १९:२४
नेपाल बैंक लिमिटेडले पैस ६ गते मंगलबार चन्दनाथ नमुना माध्यमिक बिधालय जुम्ला मा  डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ् सम्बन्धि जानकारी गराई   बिद्यार्थीहरूलाई अभ्यस्त गराउने  साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले  कार्यक्रम सञ्चालन गरिएको बैँकले जनाएको छ । कार्यक्रममा ७०भन्दा बढी बिद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धि ज्ञानमुलक […]