एमाले, माओवादीलाई काँगेसकाे भर, काँग्रेसलाई केन्द्रकाे भर

रबि नेपाली ३ बैशाख २०७८, शुक्रबार १२:५५

यतिबेला कर्णालीमा सरकार उथलपुथल हुने अवस्थामा छ। कर्णालीकाे प्रमुख राजनीतिक दल एमाले आफ्नाे सरकार बनाउने धाउन्नमा छ।

यता नेकपा माओवादी केन्द्र भने मुख्य मन्त्री महेन्द्रबहादुर शाहीकाे सरकारलाई यथावत् राख्ने बल लगाइरहेकाे छ।

त्यसै अनुरुप बिहिवार दुई बजे मुख्यमन्त्री शाही विश्वासकाे मत लिने तयारी गरिरहेका छन्। यसै अनुरुप माओवादी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरिरहेकाे छ।

तर मुख्यमन्त्री शाहीकाे सरकारले निरन्तरता पाउनकाे लागि काँग्रेसकाे समर्थन जरुरी छ भने एमाले पनि काँग्रेस आफूतिर आइदिएकाे खण्डमा हाइसुखले सरकार ढलाउने सकिने मनस्थितिमा छ।

तर यता काँग्रेस के गर्ने भन्ने दाेधारमा छ। हालसम्म काँग्रेसले कुनै निर्णय नगरेकाे प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले जानकारी दिए।

‘हामी केन्द्रकाे निर्णय कुरिरहेका छाै। केन्द्रकाे सर सल्लाह अनुसार संसदीय दलकाे बैठकले निर्णय गर्नेछ,’ उनले भने, ‘दुई बजेसम्म मुख्यमन्त्रीलाई विश्वासकाे मत दिन पनि सक्ने र नसक्ने स्थिति रहनेछ।’

कर्णाली प्रदेशमा सरकार गठनका लागि २० जना सांसदको आवश्यक पर्छ। नेकपा एमालेमा २० (सभामुख सहित ) जना सांसद छन् भने माओवादी केन्द्रमा १२ जना। १३ जना सांसद रहेको माओवादीमा एमाले प्रवेश गरेको धर्मराज रेग्मीलाई कारबाही गरेपछि संख्या १२ मा झरेको हो।

कर्णालीमा माओवादी केन्द्रलाई कांग्रेसका ६ र राप्रपाका एकजना सांसद्ले सहयोग गरे पनि विश्वासको मत पुग्दैन। यसका लागि मुख्यमन्त्रीले एमालेका केही सांसदलाई आफ्नो पक्षमा लिएर ‘फ्लोर क्रस’ गर्नुपर्ने हुन्छ।

Next Post

कर्णाली प्रदेश सभा बैठक १० मिनेटका लाग स्थगित

३ बैशाख २०७८, शुक्रबार १२:५५
कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ। प्रदेशसभा बैठकमा दलीय आधारमा धारणा राख्ने क्रम सकिएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको बैठकबाट विश्वासको मत लिँदैछन् भने एमाले विपक्षमा मतदान गरेर उनलाई असफल बनाउन लागेको छ।