बेलायतमा दोस्रो चरणको लकडाउनको घोषणा

स्कुल, कलेज र विश्वविद्यालय भने खुल्न पाउने

हिमशिखर संवाददाता १६ कार्तिक २०७७, आईतवार २२:५१

बेलायतमा दोस्रो चरणको लकडाउन हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले बेलायतमा दोस्रो चरणको लकडाउन घोषणा गरेकाछन।

उनका अनुसार आउँदो बिहिबारदेखि कार्यान्वयनमा आउँने दोस्रो चरणको लकडाउनमा पब्स, रेष्टुरेन्ट, जीमलगायत अति(आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुनेछ ।

तर स्कुल, कलेज र विश्वविद्यालय भने खुल्न पाउनेछन् । डिसेम्बर दुई तारिखदेखि लकडाउन केही खुकुलो बनाइने पनि उनले बताए।

Next Post

कर्मचारीलाई काेराेना देखिएपछि राष्ट्रिय वाणिज्य बैंककाे जुम्ला शाखा सिल

१६ कार्तिक २०७७, आईतवार २२:५१
जुम्ला : राष्ट्रिय बाणिज्य बैंक जुम्लाका तीन जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बैंक सिल गरिएको छ। शाखा प्रबन्धक ओमबहादुर शाहीका अनुसार एक जना नगद सहायक, एक जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हो। कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्नका लागि बैंक सिल गरिएको उनले बताए। […]

सम्बन्धित समाचार