कर्मचारीलाई काेराेना देखिएपछि राष्ट्रिय वाणिज्य बैंककाे जुम्ला शाखा सिल

हिमशिखर संवाददाता १७ कार्तिक २०७७, सोमबार २१:५३

जुम्ला : राष्ट्रिय बाणिज्य बैंक जुम्लाका तीन जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बैंक सिल गरिएको छ।

शाखा प्रबन्धक ओमबहादुर शाहीका अनुसार एक जना नगद सहायक, एक जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हो।

कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्नका लागि बैंक सिल गरिएको उनले बताए।

‘संक्रमित तीन जना कर्मचारी होम आइसोलेसनमा छन्। कार्तिक १८ गते कार्यालय सरसफाईसहित सेनिटाइजन गरेपछि मात्र १९ गतेदेखि बैंक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘बैंक सेनिटाइज गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेकाे छ। तर सेनिटाइज गर्न ढिलाई भएपछि २/३ दिन बैंक सञ्चालनमा नआउन पनि सक्छ।’

यसअघि कृषि विकास बैंक जुम्लाका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको थियो।

गत चैतयता जुम्लामा संक्रमित हुनेको संख्या तीन सय ५३ पुगेको छ। सोमबारसम्म ३८ जना सक्रिय संक्रमित रहेका छन्।

Next Post

आफ्नै पैसाले बन्याे जुम्लाकाे गर्ज्याङकोटमा अविरल मार्ग

१७ कार्तिक २०७७, सोमबार २१:५३
जुम्ला: गुठीचौर गाउँपालिका- ३ गर्ज्याङकोटका स्थानीय जुटेपछि १३१ मिटर लम्बाइ र दुई मिटर चौडाइ सडकको बनेकाे छ। आफ्नै पैसाले बनाएकाे सडककाे गाउँलेले अबिरल मार्गको नामकरण गरेका छन्। गाउँमा कच्ची सडक रहे पनि बर्खामा हिलाम्य हुने भएपछि ११ लाख ७५ हजार ५९५ रुपैयाँ बजेट जुटाएर आरसीसी गरिएको निर्माण समितिका अध्यक्ष खड्गबहादुर […]