दाङ २ मा माओवादीकी रेखा शर्मालाई पछ्याउँदै एमालेका महासचिव शंकर पोखरेल

हिमशिखर संवाददाता ६ मंसिर २०७९, मंगलवार ०५:३७

दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलसँगको अग्रता १२ सय नजिक पुर्‍याएकी छन् ।

१० हजार ९५३ मत गणना हुँदा शर्माले चार हजार ७१५ मत पाएकी छन् भने पोखरेलले तीन हजार ५५७ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले एक हजार ५८० मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित भएका थिए ।

Next Post

जुम्ला प्रदेश (ख) मा विजयी एमालेका पछाईले भने, 'मतदाताका विश्वासले चुनाव जितेका छाैं'

६ मंसिर २०७९, मंगलवार ०५:३७
जुम्ला प्रदेश सभा (ख) मा एमालेका टेकराज पछाई विजयी भएका छन्। उनले एमालेबाटै फुटेकाे पार्टी नेकपा एकीकृत समाजवादीका पदम बहादुर राेकायालाई पराजित गर्दै जित हात पारेका हुन। प्रदेशसभा (ख) काे ३२ हजार २ सय ८५ मध्ये २० हजार ६ सय १६ मत खसेकाे थियाे। उनी सात हजार आठ सय १५ […]

सम्बन्धित समाचार