कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

पुष्पा बिष्ट १२ चैत्र २०७७, बिहीबार १७:११

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि तीन जनाको नाम सिफारि भएकाेछ ।
तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीको अध्यक्षतामा गठन भएको कर्णाली, पाटन र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस समितिले ३जनाकाे नाम सिफारिस गरेको छ।

मन्त्रालय स्रोतका अनुसार बुधबार तीनवटै प्रतिष्ठानका लागि तीनरतीन जनाको नाम सिफारिस गरेको हो।

उपकुलपतिका लागि सबैभन्दा बढी आवेदन परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि सिफारिस समितिले प्रा.डा.रेशम राना, डा.पुजन कुमार रोकाया र डा. मंगल रावलको नाम सिफारिस गरेको छ।

भर्खरै पिजी पढाइ सुरु भएको र एमबिबिएस अध्ययनको तयारी रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि भने स्वास्थ्य मन्त्री र प्रधानमन्त्री दुबैको पहिलो रोजाइमा प्रतिष्ठानमै काम गर्ने स्थानीय रहेको बुझिएको छ।

प्रतिष्ठानका कर्मचारी र कर्णालीका जनप्रतिनिधीहरुले भने कर्णाली बसेर प्रतिष्ठान बुझेको र कर्णाली चिनेको कर्णालीकै योग्यता पुगेको व्यक्ति उपकुलपति हुनुपर्छ भन्दै दबाब दिदै आएका छन्।

सिफारिस भएका तीनजनामा राना प्रतिष्ठानका डिन हुन भने रोकाया पूर्व मेडिकल डाइरेक्टर हुन। उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना कालदेखि कार्यरत डाक्टर हुन भने प्रतिष्ठानले स्थाइ गरेका मध्ये सिनियर स्थाई विशेषज्ञ चिकित्सक हुन।

उनी प्रतिष्ठानमा आएदेखि हाडजोर्नीका बिरामीहरुले उपचार नपाएर बाहिर जानु नपरेको प्रतिष्ठानको तथ्यांक छ।

Next Post

भाेली देखि देशभरका शिक्षण संस्था चार दिन बन्द

१२ चैत्र २०७७, बिहीबार १७:११
काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा […]