नेपालले दोस्रो वार्मअप खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

हिमशिखर संवाददाता १७ जेष्ठ २०८१, बिहीबार ०८:५१

नेपालले टी- २० विश्वकपअघि आज (बिहीबार) अमेरिकाविरुद्ध वार्मअप खेल खेल्दैछ। डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति ९ : १५ बजेदेखि सुरु हुनेछ।

नेपालले यसअघि क्यानडाविरुद्ध खेलेको वार्मअप खेलमा ६३ रनको हार बेहोरेको थियो। आइसीसी वरियतामा नेपाल १७औँ स्थानमा छ। भने, अमेरिका १९औं स्थानमा रहेको छ।

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ। नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।

टी- २० विश्वकपमा नेपाल समूह डि’मा रहेको छ। यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन्।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

Next Post

सुर्खेत जिप दुर्घटना : मृतक चारमध्ये तीन जना कालीकोटका , एक जनाको सनाखत हुन बाँकी

१७ जेष्ठ २०८१, बिहीबार ०८:५१
सुर्खेत , सुर्खेतबाट कालीकोट तर्फ जादै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी पोषण थापाका अनुसार बिहीबार बिहान दुई बजे ६ जना यात्रु […]