जुम्लामा बल्याे राष्ट्रिय प्रसारणकाे बत्ती

चालु आर्थिक बर्षमै जुम्लाका सबै घरमा बत्ती बल्ने

रबि नेपाली १७ श्रावण २०७८, आईतवार २१:५३

जुम्लामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दैलेख देखि दुल्लु सम्म १ सय ५० किमी, दुल्लुदेखि कालिकोट ६० किमी र कालिकोट हुँदै जुम्ला ८० किमीको दुरीमा परिक्षण गर्दै ११ केभी राष्ट्रिय प्रसारण लाइन जुम्ला पुगेको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले जानकारी दिएकाछन ।

आइतबार बिहान १० बजे राष्ट्रिय प्रसारण लाइनको बत्ती जुम्ला सदरमुकाम खलांगामा बले संगै जुम्ला बासिमा खुसियाली छायकाे छ ।
अबकाे केही दिनमै चन्दननाथ नगरपालिकाका सबै घरमा बत्ती बल्ने जुम्ला वितरण केन्द्रकाे तयारी छ भने तिला र ताताेपानि मा दसै सम्म र बाँकी स्थानिय तहहरूमा चालू आर्थिक बर्षमै बत्ती बालिसक्ने जुम्ला वितरण केन्द्रले जनाएकाे छ ।

Next Post

सर्वोच्चले गर्याे फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदकाे कारबाही सदर

१७ श्रावण २०७८, आईतवार २१:५३
फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले फ्लोर क्रस गर्ने चार सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्कासनको कारबाही गर्ने एमालेको निर्णय कानुन अनुसार […]