आयोगले बुझायो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन

महेश चाैलागाँई २९ मंसिर २०७९, बिहीबार १२:२७

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ।

बिहिबार शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका गरेका हुन्।

थपलियाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेकाे बताइएकाे छ।

Next Post

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

२९ मंसिर २०७९, बिहीबार १२:२७
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन्। बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।