मालिंगाले आईपीएल २०२० नखेल्ने

हिमशिखर १८ भाद्र २०७७, बिहीबार ०७:५८

काठमाडौं । मुम्बई इन्डियन्सका फास्ट बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० नखेल्ने भएका छन् । मालिंगाले व्यक्तिगत कारण युएईमा यही सेप्टेम्बरदेखि सुरु हुने आईपीएलको १३औं संस्करणबाट नाम फिर्ता लिएका हुन् ।

मालिंगाको स्थानमा मुम्बईले अष्ट्रेलियन फास्ट बलर जेम्स प्याटिनसनलाई टिममा राखेको छ । मालिंगाको बुबा बिरामी रहेको र आउने दिनमा उनको शल्यक्रिया गर्नुपर्ने अवस्था भएकोले मालिंगा श्रीलंकामा आफ्नै बुबाको साथमा रहन चाहेको क्रिकइन्फोले जनाएको छ ।

मालिंगा आईपीएलकै सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

मुम्बई इन्डियन्सका मालिक आकाश अम्बानीले मालिंगा मुम्बई टिमको लेजेण्ड र खम्बा रहेको बताउँदै उनलाई टिमले मिस गर्ने बताएका छन् । तर यस्तो अवस्थामा परिवारसंग मालिंगा रहनुपर्ने विषय मुम्बईले बुझेको पनि अम्बानीको भनाइ छ । मुम्बईमा भारतीय जसप्रित बुमराह र न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट जस्ता फास्ट बलर छन् ।

आईपीएलको १३ औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ ।

मालिंगाले गत सिजनको फाइनलमा चेन्नई सुपर किंग्सविरुद्ध अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै मुम्बईलाई उपाधि जिताउन भूमिका निर्वाह गरेका थिए ।

अन्तिम ओभरको ५ बलमा ७ रन जोड्दै चेन्नईलाई अन्तिम बलमा जितका लागि २ रन आवश्यक थियो । तर मालिंगाले शार्दुल ठाकुरको विकेट लिँदै मुम्बईलाई १ रनको जित दिलाएका थिए ।

Next Post

लंका प्रिमिर लिग क्रिकेट नोभेम्बरमा सुरु हुने

१८ भाद्र २०७७, बिहीबार ०७:५८
काठमाडौं । बहुप्रतिक्षित लंका प्रिमिर लिग टि-२० क्रिकेट आगामी नोभेम्बरमा श्रीलंकामा आयोजना हुने भएको छ ।श्रीलंका क्रिकेटको आयोजनामा हुने उक्त लिग फ्रेन्चाइजमा आधारित टि-२० लिग हुनेछ । लिग नोभेम्बर १४ देखि डिसेम्बर ६ सम्म सञ्चालन हुने श्रीलंका क्रिकेटले विज्ञप्तार्फत जनाएको छ । लिगको व्यवस्थापनको लागि श्रीलंका क्रिकेटले इन्नोभेटिभ प्रोडक्सन ग्रुपसँग […]