लंका प्रिमिर लिग क्रिकेट नोभेम्बरमा सुरु हुने

हिमशिखर १८ भाद्र २०७७, बिहीबार ०७:५८

काठमाडौं । बहुप्रतिक्षित लंका प्रिमिर लिग टि-२० क्रिकेट आगामी नोभेम्बरमा श्रीलंकामा आयोजना हुने भएको छ ।श्रीलंका क्रिकेटको आयोजनामा हुने उक्त लिग फ्रेन्चाइजमा आधारित टि-२० लिग हुनेछ ।

लिग नोभेम्बर १४ देखि डिसेम्बर ६ सम्म सञ्चालन हुने श्रीलंका क्रिकेटले विज्ञप्तार्फत जनाएको छ । लिगको व्यवस्थापनको लागि श्रीलंका क्रिकेटले इन्नोभेटिभ प्रोडक्सन ग्रुपसँग सम्झौता गरेको छ ।

लिगमा पाँच टिमले प्रतिपर्धा गर्नेछन् र कूल २३ खेल हुनेछ । श्रीलंकाको पाँच सहर कोलोम्बो क्यान्डी गल्ले दम्बुला र जाफ्नाको नामबाट टिमको नाम राखिनेछ ।

लिगका खेलहरु राङ्गिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदान पल्लके अन्तर्राष्ट्रिय क्रिकेट मैदान र सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने श्रीलंका क्रिकेटले जनाएको छ ।

उक्त लिग हुने खबरले श्रीलंकन क्रिकेट र समर्थकहरु उत्साहित बनेका छन् । यस लिगबाट खेलाडीहरुले आफ्नो क्षमता देखाउने अवसर पाउने श्रीलंका क्रिकेटले जनाएको छ ।

Next Post

स्थायी कमिटीको बैठकअघि नै मन्त्री हेरफेर गर्ने तयारी

१८ भाद्र २०७७, बिहीबार ०७:५८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साताभित्रै आफ्नो क्याबिनेटका मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने बाटो खोलिदिएको छ । दुई अध्यक्ष केपी ओली र प्रचण्डले अन्य नेतासँगको पनि परामर्शमा स्थायी कमिटीको बैठक अगाडि नै […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।