जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ आर्चायमा एक युवक गाडीको कोलीयामा मृत अवस्थामा फेला परेका छन्।
बुधबार साँझ करिब ८ बजेर मुगुबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२००१ ख ११८० नम्बरको SML गाडीमा मुगु, छायानाथ रारा नगरपालिका–२ का चालक बसन्त तिरुवा गाडी चालक रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी जुम्लाका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मीले जानकारी दिएका छन ।
उक्त गाडीको कोलीयामा जुम्ला हिमा गाउँपालिका–१ आर्चाय वाडाका गणेश रावत मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकीबाट टोली खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।



