रविलाई थुनामै राख्ने अदालतको आदेश

हिमशिखर संवाददाता २६ श्रावण २०८२, सोमबार १८:५९

रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश गरेको छ । आज न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।

आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै उनले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।

उनको निवेदनमा सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको थियो । लामिछानेले आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।

तर, अदालतले उनको निवेदन अस्वीकार गर्दै थुनामै राख्ने आदेश गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई उनको सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

Next Post

पहिरोले नाग्मा–गमगडी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

२६ श्रावण २०८२, सोमबार १८:५९
आज बिहान ८ बजे जुम्ला जिल्ला हिमा गाउँपालिका–७ बागबजारमा नाग्मा–गमगडी (मुगु जाने) सडक खण्डमा ठूलो पहिरो खसेर यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयका अनुसार सडकको माथिल्लो भागबाट आएको पहिरोले सम्पूर्ण बाटो पुरिएका कारण सवारी सञ्चालन असम्भव भएको हो। घटनास्थलमा सडक डिभिजनको प्राविधिक टोली परिचालन गरिएको छ। […]