गण्डकी प्रदेशमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त

हिमशिखर सम्वाददाता काठमाण्डौ २९ बैशाख २०८०, शुक्रबार १३:५५

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदको विस्तार गरेका छन्। शुक्रबार मुख्यमन्त्री पाण्डेले ४ जना मन्त्री नियुक्त गरेका हुन्।

नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ गरी ४ मन्त्री नियुक्त भएका हुन्।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त भएका छन्। त्यसैगरी एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन्।

Next Post

सात महिना पछि भेटियाे धवलागिरि हिमालमा बेपत्ता मजदुरको शव

२९ बैशाख २०८०, शुक्रबार १३:५५
धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ। पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ। उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए। ‘गत असोज २० गतेदेखि […]