रवि लामिछानेका सांसदले ‘मन्त्री बन्न २ करोड घुस मागेको’ अडियो बाहिरियो (अडियाेसहित)

हिमशिखर सम्वाददाता काठमाण्डौ २६ चैत्र २०७९, आईतवार १५:०२

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले ‘मेडिकल माफिया’ दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको खुलासा भएको छ।

‘भाइरल म्यान’समेत रहेका प्रसाईंमार्फत् बाहिरिएको त्यो अडियोमा सांसद श्रेष्ठले ‘स्वास्थ्य मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिम’लाई दुई करोडदेखि साढे दुई करोडसम्म रुपैयाँ बुझाउनुपर्ने बाध्यता सुनाएका छन्।

सत्ता राजनीतिमा देखिँदै आएको वेतिथिविरुद्ध चर्को नारा दिएर २० सीटसहित संसदमा गएको रास्वपाले तीन महिना नपुग्दै आफ्नो असली रुप देखाएको छ।

सांसद श्रेष्ठ र प्रसाईंबीच अडियो संवाद सामाजिक सञ्जालमा फैलिएलगतै सभापति रवि लामिछानेले आलोचना खेपिरहेका छन्।

Next Post

बार्षिक उत्सवकाे अवसरमा जनउत्थान सामुदायिक लघु वित्त वित्तीय संस्थाद्वारा विद्यालयलाई पंखा वितरण

२६ चैत्र २०७९, आईतवार १५:०२
जनउत्थान सामु‌दायीक लघुवित्त  वित्तीय संस्थ लि काेहाेलपुर शाखा कार्यालय काेहलपुरले आफ्नाे बार्षिक उत्सवकाे उपलक्ष्यमा  कृष्ण मा.वि काैसिलानगर बाँकेलाई पंखा वितरण गरेकाे छ । वित्तीय संस्थाका अनुगमन अधिकृत डिल्ली रमण  खड्‌का, शाखा प्रमुख हंश बहादुर नेपाली र शाखाका अन्य कर्मचारीहकको पनी उपस्थितिमा विद्यालयलाई पंखा वितरण गरेकाे संस्थाकाे काेहलपुर शाखा प्रमुख हंश […]