आईपीएल क्रिकेटमा राजस्थानले पन्जाबलाई ४ विकेटले हरायो

हिमशिखर सम्वाददाता काठमाण्डौ ६ जेष्ठ २०८०, शनिबार ०६:४४

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराएको छ ।

गएराति हिमाञ्चल प्रदेशकाे धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका देवदत्त पडिक्कल र यशस्वी जैसवालले अर्धशतक बनाए । पडिक्कलले ५१ र जैसवालले ५० रन जोडे । शिमरोन हेटमारले ४६ रन बनाए ।

पन्जाबका कागिसो रवाडाले २ तथा साम करन, अर्शदिप सिंह, नाथन एलिस र राहुल चहारले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । उसका साम करनले अविजित ४९ रन बनाए । त्यस्तै जितेश शर्माले ४४ तथा शाहरुख खानले अविजित ४१ रन जोडे ।

राजस्थानका नवदीप सैनीले तीन विकेट लिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १/१ विकेट लिए । जितसँगै राजस्थानको १४ खेलमा १४ अंक भएको छ । राजस्थान तालिकाको पाँचौ स्थानमा छ । समान खेलमा १२ अंक रहेको पन्जाब आठौँ स्थानमा छ ।

Next Post

भारतले किन २ हजार दरको नोट प्रचलनमा नल्याउने निर्णय लियो ?

६ जेष्ठ २०८०, शनिबार ०६:४४
भारत सरकारले २ हजार दरको नोट चलनचल्तीमा नल्याउने निर्णय गरेपछि यसबारे बहस सुरु भएको छ । भारतीय राजनीतिज्ञदेखि आर्थिक क्षेत्रसम्म यसबारे बहसमा उत्रिएका छन् । यही क्रममा  आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले नोटबन्दी गर्ने र खुलाउने प्रथाको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको भन्दै कटाक्ष गरेका छन् । उनले […]