प्राविधिक समस्याका कारण देखाउदै अछाम मा माहावाबाट निकालिएको बिजुली परियोजना बन्द

महेश चाैलागाँई १० श्रावण २०८२, शनिबार १७:४२

अछामको कमलबजारमा तीन वर्ष चलेको हावाबाट बिजुली निकाल्ने परियोजना प्राविधिक समस्याका कारण बन्द भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ मा हावाबाट ३०० मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा कमलबजारमा ३० किलोवाट क्षमताको योजना सुरु भएको थियो।

करीब २ करोड लागतमा बनेको परियोजनाबाट १५ किलोवाट हावाबाट र १५ किलोवाट सौर्य ऊर्जाबाट विद्युत उत्पादन गरिएको थियो। यसबाट करिब २ सय घरधुरी र ५ हजार जनसंख्या लाभान्वित भएका थिए।

तर, केन्द्रीय प्रसारण लाइन विस्तारसँगै परियोजना २०७६ सालमा बन्द भयो। नगरपालिकाका उपप्रमुख सारदा विष्टका अनुसार उपकरण चोरी र मर्मत समस्या पनि प्रमुख कारण हुन्।

“लगभग २५ लाख रुपैयाँ लगानी गरे पुनः सञ्चालन गर्न सकिन्छ,” उनले भनिन्।

हाल परियोजनाको पुनःसंरचना गरी स्वास्थ्य संस्था, विद्यालय तथा सरकारी निकायमा विद्युत आपूर्ति गर्ने विषयमा छलफल भइरहेको छ।

यो नगरपालिकाकै सम्पत्ति भएकाले मर्मत र सञ्चालनबारे निर्णय लिने तयारी भइरहेको उपप्रमुख विष्टले जानकारी दिइन्।

Next Post

जुम्लामा तरुण दलको नयाँ नेतृत्वका लागि निर्वाचन, अध्यक्षमा ६ उम्मेदवारको प्रतिस्पर्धा

१० श्रावण २०८२, शनिबार १७:४२
जुम्ला — नेपाल तरुण दल जुम्लाको जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन सुनिश्चित भएसँगै जिल्लाको युवा राजनीतिमा चासो र सरगर्मी एकाएक बढेको छ। निर्वाचन समितिका संयोजक भक्त बुढाका अनुसार अधिवेशनको क्रममा अध्यक्ष पदका लागि कुल छ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूको क्षेत्रगत प्रतिनिधित्व […]

सम्बन्धित समाचार