रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

हिमशिखर संवाददाता २४ मंसिर २०८१, मंगलवार ०९:४१

रौतहटमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार बिहान चन्द्रपुर नगरपालिका ४ मा बा १६ च ३१६२ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।

दुर्घटनामा परेकाहरूको परिचय खुलेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटकाअनुसार उक्त स्कार्पियो गढीमाई मेला दर्शन गरेर फर्कदै गर्दा दुर्घटनामा परेको हो।

घटनास्थलमा प्रहरी पुगेको छ। थप विवरण आउन बाँकी छ।

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनले विद्यार्थी भविष्य अन्योलमा, नेविसंघ

२४ मंसिर २०८१, मंगलवार ०९:४१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले मिति २०८१ मंसिर ३ गतेदेखि सुरु गरेको आन्दोलनका कारण प्रतिष्ठानका शैक्षिक क्रियाकलाप अवरुद्ध हुँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको नेपाल विद्यार्थी संघ (नेविसंघ) जुम्ला कार्यसमितिले जनाएको छ। आन्दोलनकै कारण परीक्षा फाराम भर्ने प्रक्रिया, पठनपाठन तथा अन्य नियमित क्रियाकलाप प्रभावित हुँदा कयौं […]